कैलाली र कञ्चनपुरबाट २ जना फरार प्रतिवादी पक्राउ परेका छन । बुधबार सवारी ज्यान मुद्दामा जिल्ला अदातल कैलालीले १९ दिन कैद र २ हजार जरिवाना तोकेका घोडाघोडी नगरपालिका – ४ माघीका ४८ वर्षीय बुद्धिराम चौधरी पक्राउ परेका छन ।
उनलाई इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको हो । यस्तै जिल्ला अदालत कञ्चनपुरले बहु बिवाह मुद्दामा १ वर्ष कैद र १० हजार जरिवाना तोकेका कञ्चनपुरको लालझाडी गाउँपालिका – ५ देखतभुलीका ४५ वर्षीय सुरत कठायत पक्राउ परेका छन ।
उनलाई इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ परेको हो ।