केशव दत्त पाण्डेय पुनः अध्यक्षमा निर्विरोध चयन
धनगढी, वैशाख १२ — होटल व्यवसायी संघ कैलालीको ३४औँ वार्षिक साधारण सभा तथा ९औँ जिल्ला अधिवेशन आज सम्पन्न भएको छ। अधिवेशनबाट श्री केशव दत्त पाण्डेय पुनः अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ।
नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा श्री अबेश कुमार चन्द, उपाध्यक्षमा श्री भिम बहादुर शाही, महासचिवमा श्री प्रजापति जोशी (प्रकाश), सचिवमा श्री राकेश भट्ट चयन हुनुभएको छ। त्यसैगरी कोषाध्यक्षमा श्री भगत बहादुर थापा र सह-कोषाध्यक्षमा श्री बसन्ता भण्डारी बम निर्विरोध चयन हुनुभएको छ।
सदस्यहरूमा श्री केश बहादुर बोहरा, श्री केशव चन्द, श्री शोमराज सापकोटा, श्री राधिका लम्साल, श्री शुरेन्द्र थापा, श्री कुलदीपध्वज थापा, श्री इन्द्र सिंह चौधरी, श्री धर्मेन्द्र बहादुर चन्द, श्री वसन्ती चौधरी, श्री प्रज्वल भट्ट, श्री तेज बहादुर कलेल र श्री भुपाल खतिवडा निर्विरोध निर्वाचित भएका छन्।
नवनिर्वाचित अध्यक्ष पाण्डेयसहित सम्पूर्ण कार्यसमिति सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।