बुधबार, बैशाख १६, २०८३

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

धनगढीः कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

कैलालीको भजनी नगरपालिका–७ हिम्मतपुर घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ६९ हजार ३५० बराबरको चिनी, मिठाई, चिसो पदार्थ सोमबार इलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनएको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–१० सुकासालबाट अबैंध रुपमा भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २३ हजार ७ सय बराबरको कपडा सोमबार दिउसो अस्थायी प्रहरी पोष्ट सुकासाल, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ।