बुधबार, बैशाख १६, २०८३

त्रिनगर–गौरीफन्टा नाकामा सशस्त्र प्रहरीको कडाइ : वैशाख १५ सम्म २३ लाख बराबरको अवैध सामान बरामद

त्रिनगर–गौरीफन्टा नाकामा सशस्त्र प्रहरीको कडाइ : वैशाख १५ सम्म २३ लाख बराबरको अवैध सामान बरामद
कैलाली — त्रिनगर–गौरीफन्टा भन्सार नाकामा सशस्त्र प्रहरीले सुरक्षा निगरानी कडा बनाएको छ। सशस्त्र प्रहरीका अनुसार वैशाख १५ सम्ममा करिब २३ लाख रुपैयाँ बराबरका अवैध मालसामान बरामद गरी भन्सार दाखिला गरिसकेको छ।
आज मात्रै एक महिला तस्करबाट करिब १ लाख रुपैयाँ बराबरका साडी, सुट, प्लास्टिक लगायतका सामग्री बरामद गरी भन्सार दाखिला गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सीमावर्ती क्षेत्रमा चोरी–तस्करी नियन्त्रणका लागि गस्ती तथा चेकजाँचलाई थप प्रभावकारी बनाइएको सशस्त्र प्रहरीको भनाइ छ। त्रिनगर गौरीफन्टा नाकामा डिएसपी मोहन जंग कार्कीको कमाण्डमा खटिएको सिभिल टोलीले सक्रिय रूपमा भन्सार छलीका सामान बरामद गरिरहेको छ।