बुधबार, बैशाख १६, २०८३

२४ देशमा नयाँ राजदूत नियुक्तिको तयारी१७ पदका लागि छिट्टै खुला विज्ञापन आह्वान गरिँदै

 

परराष्ट्र मन्त्री शिशिर खनालको सचिवालय स्रोतका अनुसार छिट्टै केही राजदूत पदका लागि खुला विज्ञापन आह्वान गरिनेछ। प्रतिस्पर्धाबाट छनोट भएका योग्य व्यक्तिलाई नियुक्त गर्ने योजना बनाइएको छ।

हाल ४४ वटा विदेशस्थित नियोगमध्ये १७ पद रिक्त छन् भने आगामी महिनाहरूमा थप पद खाली हुँदैछन्। यसरी हेर्दा करिब २४ जना राजदूत नियुक्त गर्ने अवसर सरकारसँग छ।
विश्लेषकहरू भन्छन्— यदि यो प्रणाली प्रभावकारी रूपमा लागू भयो भने नेपालको कूटनीतिमा पारदर्शिता, प्रतिस्पर्धा र योग्यता आधारित अभ्यासलाई नयाँ उचाइ मिल्न सक्छ।