जुगेडामा स्वास्थ्य केन्द्रलाई सहयोग: ज्येष्ठ नागरिक निःशुल्क चिया घरद्वारा पंखा जडान
कैलाली,
ज्येष्ठ नागरिक निःशुल्क चिया घरका संयोजक रामचन्द्र भट्टले सामाजिक उत्तरदायित्व अन्तर्गत वडा नम्बर १२, जुगेडा ‘बी’ गाउँमा रहेको स्वास्थ्य केन्द्रमा दुई थान पंखा जडान गरी सेवा प्रदान गर्नुभएको छ।
उक्त सहयोगबाट स्वास्थ्य केन्द्रमा आउने सेवाग्राही तथा स्वास्थ्यकर्मीलाई गर्मीका समयमा सहज वातावरणमा सेवा लिन र दिन मद्दत पुग्ने अपेक्षा गरिएको छ। स्थानीयवासीले यस्तो सहयोगले स्वास्थ्य सेवा थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका छन्।
ज्येष्ठ नागरिक निःशुल्क चिया घरले विगतदेखि नै विभिन्न सामाजिक तथा मानवीय कार्यहरू गर्दै आएको छ। 