बिहिबार, बैशाख ३१, २०८३

धनगढीमा भन्सार छलिका सामान बरामद

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–२ स्थित भन्सार कार्यालय नजिकबाट प्रहरीले भन्सार छलिका सामान बरामद गरेको छ।

बुधबार प्रहरी चौकी त्रिनगरबाट खटिएको गस्ती टोलीले भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी २६ हजार ५ सय रुपैयाँ बराबरका सुर्ती, प्लास्टिक झिल्ली लगायतका सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार बरामद गरिएका सामान आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइने छ।