आइतवार, जेष्ठ ३, २०८३

सेती अस्पतालको पार्किङमा आगलागी, स्कार्पियो ध्वस्त

धनगढी । सेती प्रादेशिक अस्पतालको पार्किङ स्थलमा पार्किङ गरेर राखिएको स्कार्पियो गाडीमा आगलागी हुँदा गाडी पूर्ण रूपमा नष्ट भएको छ।

बागमती प्रदेश ०१–०२७ च ००७४ नम्बरको स्कार्पियो गाडीमा अचानक आगो लागेको प्रहरीले जनाएको छ। आगलागीपछि गाडी पूर्ण रूपमा जलेर क्षति भएको बताइएको छ। गाडीमा लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र धनगढी उपमहानगरपालिकाको दमकलको सहायताले निभाएको स्थानियले बताएका छन् ।

आगो लाग्नुको कारण भने खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।