धनगढी । धनगढीमा ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
मोहनापुल–अत्तरिया ६ लेन सडकखण्ड अन्तर्गत धनगढी उपमहानगरपालिका–४ स्थित नेपाली सेनाको ब्यारेक नजिकै नम्बर नखुलेको ट्याक्टरले सुपप्र०१–०१४ प २६२८ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अछामको मेल्लेख गाउँपालिका–६ निवासी ३७ वर्षीय प्रभाकर भट्टराई गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिना ले जानकारी दिए ।
दुर्घटनापछि ट्याक्टर चालक र सहचालक फरार रहेका छन् । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।