धनगढी – कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलिका सामान नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–९ त्रिवेणीघाट तथा टिकापुर नगरपालिका–८ बटनपुर क्षेत्रबाट भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी १ लाख १८ हजार ६ सय ६५ रुपैयाँ बराबरका सुर्ती, किराना लगायतका सामान बरामद गरिएको हो ।
सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ ।
त्यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरबाट अन्दाजी ६० हजार ५ सय रुपैयाँ बराबरका तरकारी, किराना लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छलि गरी ल्याइएका ती सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।