धनगढी, १९ जेठ / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेस संसदीय दल नेता कमलबहादुर शाहलाई दल नेताबाट हटाउन गरिएको अविश्वास प्रस्तावको संकट हाललाई टरेको छ । सांसद दिवान सिंह विष्टसहित ९ जना सांसदहरूले दल नेताबाट शाहलाई हटाउनुपर्ने माग गर्दै अविश्वास प्रस्ताव दर्ता गरेको भए पनि भर्खरै मुख्यमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा हस्ताक्षरकर्ता डम्बरी महराले हस्ताक्षर फिर्ता लिएको दाबी गरेपछि मुख्यमन्त्री शाह विरुद्धको प्रस्तावको संकट टरेको हो ।
सुदूरपश्चिममा नेपाली काँग्रेसका १८ जना सांसद छन् । त्यसमध्ये प्रकाश देउवा अमेरिकामा हुँदा ९ जनाले हस्ताक्षर गरेका थिए । मुख्यमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट हुँदै हस्ताक्षर गरेको थिएँ’ मुख्यमन्त्री शाहसँगै बसेकी सांसद महराले भनिन् ‘पार्टीको एकता कायम गर्न, मुख्यमन्त्रीको ध्यानाकर्षण भएपछि मैले हस्ताक्षर फिर्ता लिएको छु, मुख्यमन्त्रीलाई जनप्रतिनिधिको पावर के हो रु भन्ने सचेत गराउन यसो गरेकी हुँ ।’
मुख्यमन्त्री शाहले कांग्रेसको असन्तुष्ट सांसदहरूसँग छलफल गर्ने बताएका छन् । पार्टीलाई एक बनाउन सबै सभापति थापाको नेतृत्वमा सिंगो पार्टीलाई एक बनाउने अभियानमा हामी छौं’ मुख्यमन्त्री शाहले भने ‘सर्वोच्च अदालतको आदेशपछि गगनकुमार थापा नेतृत्वको काँग्रेसलाई एक बनाउन सबै लागि पर्ने हो, आपसी असन्तुष्टि भए छलफलबाट समाधान खोजिन्छ ।’