बिहिबार, जेष्ठ २८, २०८३

सवारी दुर्घटनाले खोल्यो अर्को रहस्य : लागूऔषध बरामद

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवक घाइते भएका छन् । दुर्घटनामा स्याङ्जाको भिरकोट नगरपालिका–५, सोरेकका २८ वर्षीय साजनसिंह ठकुरी घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुटवलबाट काठमाडौं हिँडेको बागमती प्रदेश ०२–०५३ प ५२४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई देवदह नगरपालिका–१०, चरङगे जंगलस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना हुँदा उनी घाइते भएका हुन् ।
उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । दुर्घटनापछि मोटरसाइकलमा सवार काठमाडौंको चन्द्रागिरी नगरपालिका–१३, का २८

वर्षीय अन्जन सिंहको खानतलासी गर्दा लागूऔषध भेटिएको छ ।
प्रहरीका अनुसार आईपीपीएल १७ एम्पुल, डायजेपाम १७ एम्पुल र फेनर्गन १७ एम्पुल बरामद गरिएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।