मङ्लबार, असार २, २०८३

मनसुन आगमन अझै केही दिन ढिलो हुने सम्भावना, एल निनोको प्रभावले असर पर्ने

काठमाडौं :नेपालमा सामान्यतया मनसुन जुन १३ गते प्रवेश गर्ने भए पनि यस वर्ष हालसम्म मनसुन भित्रिएको छैन ।
जल तथा मौसम विज्ञान विभागले जारी गरेको प्रेस विज्ञप्तिअनुसार भू-उपग्रहबाट प्राप्त तथ्यांक तथा मौसम पूर्वानुमानको विश्लेषणका आधारमा नेपालमा मनसुन आगमन अझै केही दिन ढिलो हुन सक्ने सम्भावना देखिएको छ ।
विभागका अनुसार हाल पश्चिमी वायुको सक्रियतासँगै स्थानीय वायुको प्रभावका कारण विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघ गर्जनसहित मध्यम वर्षाको गतिविधि भइरहेको छ ।
विभागले प्रशान्त महासागरमा विकसित भइरहेको ‘एल निनो’ क्रमशः बलियो बन्दै गएको जनाएको छ । यसका कारण नेपालसहित दक्षिण एसियाली क्षेत्रमा मनसुन प्रणाली कमजोर हुन सक्ने र मनसुन आगमनमा ढिलाइ हुन सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ । विगतका केही वर्षमा पनि एल निनोको प्रभावका कारण मनसुन ढिलो प्रवेश गरेको विभागले जनाएको छ ।
विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार एल निनो प्रभावका कारण मनसुन ढिलो प्रवेश भएका वर्षहरूमा मनसुन आगमन मिति यस प्रकार रहेको छः