शुक्रबार, असार ५, २०८३

हर्क साम्पाङमाथि प्रहरीको उच्च निगरानी किन ?

काठमाडौं– प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको सवारी चालक अनुमति पत्र (लाइसेन्स) म्याद सकिएपछि लामो समयदेखि नवीकरण नभएको भेटिएको छ ।

यातायात व्यवस्था कार्यालय इटहरीको अभिलेख अनुसार उनले २०७३ पुस १२ मै लाइसेन्स नवीकरण नगरेका र करिब १० वर्षदेखि अद्यावधिक नभएको देखिएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार म्याद सकिएको लामो समयसम्म नवीकरण नभए लाइसेन्स स्वतः रद्द हुने व्यवस्था छ ।

प्रहरीका अनुसार यस विषयमा थप छानबिन भइरहेको छ ।

जसका लागि उनीमाथि प्रहरीले निगरानी पनि राखेको छ ।

साथै हालै मोटरसाइकल चलाएको घटनामा पनि ट्राफिक प्रहरीले उनलाई कारबाही गरेको थियो ।