शुक्रबार, असार ५, २०८३

चीनसँगको सहकार्यमा जोखिम बुझ्न र कुटनीतिक सन्तुलन कायम राख्न पूर्वभारतीय विदेश सचिव गोखलेको सुझाव

भारतका पूर्वविदेश सचिव विजय गोखलेले दक्षिण एशियाका साना लोकतान्त्रिक राष्ट्रहरूलाई चीनसँग सहकार्य गर्दा यसका सम्भावित नकारात्मक पक्षहरू प्रति चनाखो रहन सुझाव दिनुभएको छ । उहाँले ठूला पूर्वाधार परियोजनाहरूमा पारदर्शिता कायम राख्न र क्षेत्रीय शक्तिहरूबीचको कूटनीतिक सन्तुलन गुम्न नदिन समेत सचेत गराउनुभएको हो । सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसीले आयोजना गरेको ‘वोधि संवाद २०२६’ अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै कुटनीतिज्ञ गोखलेले चीनका विकास सहायता र परियोजनाहरूमा पारदर्शिताको अभाव नै मुख्य चुनौतीका रूपमा रहेको औंल्याउनु भयो । चिनियाँ परियोजनाका प्रतिकूल पक्षहरू लुकाउन सञ्चारमाध्यम र नागरिक समाजमाथि अदृश्य दबाब सिर्जना गरिने दाबी गोखलेले गर्नुभयो। विकास सहायताको लोभमा परेका राष्ट्रलाई चीनले संकटमा पार्ने बताउनु भयो । न्युज एजेन्सी नेपाल