शनिबार, असार ६, २०८३

उत्कृष्ट कार्यका लागि प्रहरी सहायक हवल्दार जंगबहादुर आलेमगर ‘पुलिस अफ द मन्थ’ घोषित

उत्कृष्ट कार्यका लागि प्रहरी सहायक हवल्दार जंगबहादुर आलेमगर ‘पुलिस अफ द मन्थ’ घोषित
धनगढी, असार ५ – जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी सहायक हवल्दार जंगबहादुर आलेमगर २०८३ साल जेठ महिनाको “पुलिस अफ द मन्थ (Police of the Month)” घोषित भएका छन्।
नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारी उच्च व्यावसायिकता, लगनशीलता र कर्तव्यनिष्ठाका साथ सम्पादन गर्दै संगठनको उद्देश्य प्राप्तिमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
आलेमगरले फरार प्रतिवादी पक्राउ, नदीजन्य पदार्थको अवैध दोहन नियन्त्रण, अवैध लागूऔषध नियन्त्रण, अवैध काठ बरामद तथा समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न उल्लेखनीय भूमिका निर्वाह गरेका थिए। साथै स्थानीय जनमानसमा प्रहरीप्रतिको विश्वास अभिवृद्धि गर्दै संगठनको छवि उच्च बनाउन महत्वपूर्ण योगदान दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उत्कृष्ट कार्यसम्पादनको कदरस्वरूप जिल्ला प्रहरी कार्यालय कैलालीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले उनलाई २०८३ साल जेठ महिनाको “पुलिस अफ द मन्थ” घोषणा गर्दै प्रशंसापत्रसहित सम्मान गरेका हुन्।
नेपाल प्रहरी संगठनले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक महिना उत्कृष्ट प्रहरी छनोट गर्दै सम्मान गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ।