शनिबार, असार ६, २०८३

यी हुन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय

काठमाडौँ – सरकारले धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए।

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः 

१. नेपाल विशेष सेवा ऐन २०४२ को साविक व्यवस्था जगाउनेसम्बन्धी विधेयक संघीय संसद्‌समक्ष पेश गर्न स्वीकृति दिने।

२. नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्ट (कैलाली) लाई नियुक्त गर्ने।

३. सहकारीसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने।

४. बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवेक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने।

५. राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद्‌मा पेश गर्न स्वीकृति प्रदान गर्ने।

६. संघीय संसद्‌समक्ष देहायका प्रतिस्थापन विधेयकहरु पेश गर्न स्वीकृति प्रदान गर्नेः