शुक्रबार, असार ५, २०८३

धामीको बजेट भाषणमाथि प्रश्न

धनगढी । आगामी आर्थिक वर्ष ०८३/८४ को बजेट वक्तव्यका क्रममा सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले प्रदेशसभामा झुट बोलेका छन् । प्रदेशसभामा मन्त्री धामीले कुल बजेट अंक ३७ अर्ब ७० करोड उल्लेख गरेका थिए । तर, दोस्रोदिन सार्वजनिक गरिएको वक्तव्यको पूर्णपाठमा ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार उल्लेख छ । प्रदेश सभामा एउटा अंक प्रस्तुत गर्ने र वास्तविक अंक बेग्लै हुने अवस्था गम्भिर झुट हो । प्रदेशसभालाई भ्रमित गर्ने कुरा चियाचौतारामा गफ दिए जस्तो होइन ।अब प्रश्न उठ्छ कि मन्त्रीले बजेटको तथ्य नै गलत भनेको अवस्थामा के हुन्छ रु त्यो निक्र्योल आगामी बैठकमा प्रदेशसभाले नै गर्ला । तर, सार्वजनिक वृतमा बहसको विषय अवस्य बन्ने छ । यदि प्रदेश सभा सदस्यहरुले गलत तथ्यांक पेश गरेको भन्दै प्रदेश सभाको रेकर्डबाट हटाउन दवाव दिए भने के हुन्छ रु अनि अंक नै रेकर्डबाट हट्यो भने के हुन्छ ?  बजेटको आकारको अंक नै डिलिट गरेपछि कानुनी रुपमा बजेट नै के रहला रु लगातका गम्भीर सवालहरु उठ्ने छन् । तर, त्यो तहसम्म प्रदेशसभामा प्रश्न उठ्छ उठ्दैन भन्नेमा शंका रहेको जानकारहरु बताउँछन् । सत्ता साझेदार दल एमालेकै सांसद धर्मराज पाठक विधि र प्रक्रिया मिचेर मनपरी गरिएको यो बजेट पारित नहुने बताउँछन् । सरकारले विनियोजन विधेयकसमेत समयमा पेश नगरेरै हालै ब्याक डेटमा दर्ता गरेको बुझिएको छ । यतिबेला वित्तिय अनुशासन रत्तिभर कायम नगरी ल्याइएको यस्तो भद्रगोल अवस्थाको बजेट के पारित होला भन्ने प्रश्न उठेको छ । धेरैजसो सांसदहरु बजेट पारित नहुने बताइरहेका छन् । तर, सांसदहरुले आफ्नै सिफारिसमा बजेट आयोजनामा मनग्गे भागबण्डा पाएकाले कतिपयले बाहिर भन्ने कुरा र भित्री चाहना विपरीत हुने पनि धेरैको अनुमान छ ।