शनिबार, असार ६, २०८३

विवादपछि झुके बोहरा, शैलेशसँग सार्वजनिक रूपमा क्षमा याचना

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश अधिवेशनका क्रममा नेता शैलेश कुमार सिंहमाथि भएको कथित हातपात घटनापछि भारत बहादुर बोहराले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा माफी मागेका छन्।

बोहराले फेसबुकमा स्टाटस लेख्दै आफूबाट गल्ती भएको स्वीकार गरेका छन्। उनले शैलेश कुमार सिंहप्रति क्षमा याचना गर्दै आफूले गरेको व्यवहारका कारण उत्पन्न विवाद र पार्टीपङ्क्तिमा परेको असरप्रति दुःख व्यक्त गरेका छन्।

सार्वजनिक वक्तव्यमा उनले अबदेखि सिंहप्रति कुनै दुर्भाव नराख्ने र भविष्यमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता जनाएका छन्। साथै घटनालाई लिएर जातीय वा राजनीतिक रूपमा उछाल्ने प्रयासको समेत विरोध गरेका छन्।