आइतवार, असार ७, २०८३

रास्वपाको निम्तो मान्न कुन दलबाट को जाँदैछन् चितवन

आजबाट शुरु हुने सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा विभिन्न दलका नेताहरू सहभागी हुने भएका छन् ।

महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्यका लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले सहभागिता जनाउन लागेका हुन् । सबै पार्टीबाट शीर्ष नेताको भने उपस्थिति रहने छैन ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसबाट सभापति गगनकुमार थापा आफैँ चितवन जाँदै छन् । उनले आज बिहान सामाजिक सञ्जालमार्फत् सन्देश जारी गर्दै महाधिवेशन सफलताको शुभकामनासमेत दिएका थिए ।

संसदको तेस्रो ठूलो दल एमाले र चौंथो ठूलो नेकपाले भने दोस्रो तहका नेतालाई पठाउन लागेको छ । रास्वपा महाधिवेशनमा एमालेबाट केन्द्रीय सदस्य प्रदीप ज्ञवाली र नेकपाबाट नेता वर्षमान पुन सहभागी हुने बताइएको छ । पाँचौं ठूलो दल श्रम संस्कृतिबाट कसैको पनि सहभागिता नरहने बुझिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन नै सहभागी हुने छन् ।