मङ्लबार, साउन १२, २०८३

१८ वर्ष कैद सजाय तोकिएका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

सल्यान ।  जबरजस्ती करणी मुद्दामा सम्मानित सर्वोच्च अदालतबाट १८ वर्ष कैद र ६ लाख रुपैयाँ जरिवाना सजाय तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् ।
सम्मानित सर्वोच्च अदालतको मिति २०८३ जेठ १० गतेको फैसला आदेशअनुसार १८ बर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी जिल्ला सल्यान शारदा नगरपालिका-१ निवासी २७ वर्षीय अजय बुढाथोकीलाई जिल्ला सल्यानको श्रीनगर बजारबाट पक्राउ गरिएको हो । पक्राउ परेका बुढाथोकीलाई जिल्ला अदालत सल्यानमा बुझाइएको छ ।