बिहिबार, भदौ ११, २०८३

किन ओझेलमा पर्दैछ दिपा नेपालीको आन्दोलन ?

‘सरकार, कोठा खाली छ ?’ भनि प्रश्न गर्दै आएकी दलित अधिकारकर्मी दिपा नेपालीको आन्दोलनमा समर्थन घट्दै गएको छ । ११० दिनदेखि राजधानीको माइतीघर मण्डलाबाट सरकारलाई प्रश्न गरिरहेकी उनको आन्दोलन उनकै कारणले ओझेलमा परेको छ ।

काठमाडौंमा दलितले कोठा नपाउने समस्या छ । जातकै कारण डेरा नदिने, जात थाहा पाएपछि निकालिनदिने, अपमानजनक व्यवहार गर्ने दिपाको गुनासो छ । त्यसविरुद्ध दिपा सडकमा आएकी हुन् । दलितको पीडा लिएर सडकमा आएकी उनी पछिल्लो समय लोकप्रियताको पछाडि दौडिएको कतिपयको बुझाइ छ ।

कतिपयले उनलाई ‘पार्ट टाइमर’ आन्दोलनकारी पनि भन्न थालेका छन् । महिलामन्त्री सीता वादी, कानुनमन्त्री सोबिता गौतम र गृहमन्त्री सुधन गुरुङ्गले उनीसँग सम्पर्क गरेका थिए । तर, उनले कसैको पनि फोन उठाइनन् । उनमा जोपनि आफूसँग फोटो खिचिदिऊन् भन्ने चाहना देखिन्छ ।

माइतीघर पुगेर सञ्चारकर्मीसँग बोल्न खोज्नेलाई उनले लखेट्छिन् । ‘मेरो आन्दोलनमा आएर भाइरल हुन खोज्ने’ भन्दै नराम्रो व्यवहार गर्छिन् । उनको छेवैमा जीवन तिरुवा आन्दोलनमा बसेका छन् । दलित अगुवाहरुले मिलेर आन्दोलन गर्न सुझाव दिँदा उनले मानिनन् । पछि एमालेका मान्छेहरु उनको आन्दोलनमा आउन थालेपछि सरकारले चासो दिन छोडेको छ ।

यद्यपि, प्रशासनले निगरानी भने राखिरहेको छ । उनको नाममा एमालेले सरकारविरोधी फोरम बनाएको छ । प्राप्त जानकारीअनुसार उनी बसेको घरमा अन्य पनि दलित छन् । आफू कोठामा नभएको बेला भाइहरुबीच भएको झगडालाई उनले जातीयतासँग जोडेको र आन्दोलन थालेको जानकारहरु बताउँछन् ।