राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङसङ्ग करोडौंको लेनदेन विवादमा मुछिएकी कुश्मा बुढाथोकीलाई रास्वपामै आबद्ध एक नेताले अश्लील गालीगलौज गरेका छन् । बिओबी रक्स स्टार नामबाट चिनिने ती नेताले सामाजिक सञ्जालमा लाइभ आएर उनलाई छाडा शब्दको प्रयोग गर्दै गाली गरेका हुन् ।
उनले कुश्मासहित लाइभमा भएकी महिलाहरुलाई ‘आलुजस्तो, खातेखातेनीहरु’ लगायत उच्चारण गर्न पनि नसकिने शब्द बोलेका छन् । एक वृद्धलाई त उनले ‘ए बूढो बोल्,तेरो बाउको के खा”छु सुड्डो’ भन्दै दुर्व्यवहारसमेत गरेको पाइयो ।
तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि ‘हत्यारा’ को आरोप लगाउँदै उनले भनेका छन्, ‘हत्यारालाई रा…को छोराभन्दा के बिग्रिन्छ ? रा…का बान । आतंककारी हत्यारा । यिनीहरुले भेडाको बलात्कार गरे ।’
अमेरिकामा रहेकी कुश्मा र आशिकाबीच आर्थिक लेनदेनको विवाद छ । कुश्माले आफू आशिकाबाट पीडित भएको बताइरहँदा आशिकाले पनि कुश्माबाट आफू पीडित भएको दावी गरेकी छन् । विवाह गर्ने आश्वासनमा कुश्माले आफ्नो श्रीमानबाट पैसा लगेको र फिर्ता नदिएको आशिकाको आरोप छ ।
फेसबुकमा मनपरी लेख्ने रास्वपाका अर्का नेता रविन्द्र यादवलाई हिजो मात्रै रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ ।