बुधबार, भदौ १०, २०८३

भोटेकोसीमा तिब्बतबाट भीषण बाढी, मुग्लिनसम्म उच्च सतर्कता

रसुवा । भोटेकोसी नदी रसुवामा तिब्बत तर्फबाट ठुलो बाढी प्रवेश गरेको छ ।

बिहान ९ः१५ बजे तिब्बत तर्फबाट ठुलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।