बुधबार, भदौ १०, २०८३

अत्तरियाको तनाव डीएसपी तिमिल्सिनाको सुझबुझपूर्ण पहलमा साम्य

धनगढीः जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी तथा प्रवक्ता, प्रहरी नायब उपरीक्षक ९डिएसपी० योगेन्द्र तिमिल्सिना आफ्नो दक्षता, सुझबुझपूर्ण कार्यशैली र शान्ति सुरक्षाप्रतिको निष्ठाका कारण अहिले कैलालीभर चर्चाको केन्द्रमा रहेका छन्। हरेक जटिल घटनालाई नजिकबाट सूक्ष्म ढङ्गले नियाल्दै निकै सहज र कानुनी दायराभित्र रहेर समाधान निकाल्न पोख्त डिएसपी तिमिल्सिना फेरि एकपटक आफ्नो अब्बल नेतृत्व क्षमता प्रमाणित गरेका छन्।

गत आइतबार गोदावरी नगरपालिकास्थित अत्तरिया बसपार्क क्षेत्रमा घटेको एक गम्भीर घटनामा ज्यान गुमाएकी सिन्की बोहराका आफन्त तथा स्थानीय बासिन्दाहरूले न्यायको माग गर्दै कडा आक्रोश व्यक्त गरेका थिए। पीडित पक्षको आन्दोलनस्वरूप हिजो अत्तरिया बजार पूर्ण रूपमा बन्द गरिएको थियो, जसले गर्दा जनजीवन केही समयका लागि तनावग्रस्त बनेको थियो।

परिस्थिति थप जटिल बन्दै गएको अवस्थामा हिजो मंगलबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट डिएसपी योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा विशेष प्रहरी टोली घटनास्थलमा खटिएर पुग्यो। आफ्नो सुझबुझपूर्ण, शालिन तर दृढ कार्यशैलीका लागि चिनिनुभएका डिएसपी तिमिल्सिनाले आक्रोशित पक्षसँग संवादको ढोका खोले। बजार बन्द गराएर छटपटाइरहेको माहोललाई उहाँले निकै संयम, धैर्य र बौद्धिक तरिकाले सम्झाउँदै सामान्यतर्फ फर्काउन सफल भए।

दिनभरको निरन्तरको प्रयास र संवादपछि उनले साँझपख पीडित पक्ष र यातायात व्यवसायीहरूबीच गम्भीर ढङ्गले वार्ता गराउँदै दुवै पक्षबीच महत्वपूर्ण सहमतिसमेत जुटाइ दिए। उत्तेजनात्मक बन्न सक्ने परिस्थितिलाई आफ्नो उत्कृष्ट मोरल र कुशल बार्गेनिङ स्किलमार्फत साम्य पारेर यो जटिल समस्याको हल निकालेपछि अहिले अत्तरिया क्षेत्रमा पुनः शान्ति र सहजता छाएको छ।

अपराध अनुसन्धानका क्षेत्रमा अत्यन्तै अब्बल, निडर र व्यावसायिक प्रहरी अधिकृतको छवि बनाएका डिएसपी तिमिल्सिनाको यो सुझबुझपूर्ण कदमले फेरि एकपटक प्रहरी र जनताबीचको सम्बन्धलाई प्रगाढ बनाउन ठूलो भूमिका खेलेको छ। संकटको घडीमा धैर्य नगुमाई जुनसुकै जटिल परिस्थिति पनि आफ्नो कुशल नेतृत्वले साम्य पार्न सक्ने उनको यो कला वास्तवमै प्रशंसनीय छ।

डिएसपी तिमिल्सिनाको यो साहसिक, निकासमुखी र जनताको भावना बुझ्न सक्ने कार्यशैलीप्रति अहिले अत्तरियावासी तथा सम्पूर्ण कैलाली जिल्लाभरि नै उहाँको उच्च प्रशंसा भइरहेको छ।