धनगढी–४, कैलाली । नमस्ते युवा क्लब, धनगढी–४ को आयोजनामा नेपालीहरूको महान् पर्व विजयादशमीको अवसरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ।
“खेलाडीको सम्मान, खेलकुदको उत्थान” भन्ने मूल नाराका साथ प्रतियोगिता २०८३ असोज २९ गतेदेखि ३१ गतेसम्म धनगढी उपमहानगरपालिका–४ स्थित शिवगौरी धाम प्राङ्गण (भगवती टोल) मा सञ्चालन हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु. ४४,४४४ सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टोलीले नगद रु. २२,२२२ सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ।
त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु. २,१००, उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, डिफेन्डर तथा उदयमान खेलाडीलाई जनही रु. १,१०० प्रदान गरिनेछ। प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ द म्याचबापत रु. ५०० प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले रु. ४,५०० प्रवेश शुल्क बुझाउनुपर्नेछ। टिम दर्ता गर्दा खेलाडीहरूको नामावलीसहित प्रत्येक टोलीमा ९ जना खेलाडी, १ जना कोच र १ जना व्यवस्थापक रहने व्यवस्था गरिएको छ।
टिम दर्ताको अन्तिम मिति २०८३ असोज २५ गते बेलुका ५ बजेसम्म तोकिएको छ।
प्रतियोगितालाई सफल बनाउन खेलाडी, खेलप्रेमी, संघ–संस्था, क्लब तथा सञ्चारमाध्यमलाई सहयोग तथा सहभागिताका लागि आयोजक नमस्ते युवा क्लब, धनगढी–४, कैलालीले अनुरोध गरेको छ।
सम्पर्क:
अध्यक्ष — विशेश्वर प्रसाद भट्ट
खेल संयोजक — तप राज भट्ट
सचिव — शिव राज भट्ट