सोमवार, बैशाख ७, २०८३

नेपाल खेल पत्रकार मञ्चको स्पोर्ट अवार्ड २०८१को फाइनल राउन्डमा डडेलधुराकी कविता भोट गर्दिन अनुरोध

धनगढी- नेपाल खेल पत्रकार मञ्च ले आयोजना गर्न लागेको स्पोर्ट्स अवार्ड २०८१ को फाइनल राउन्डमा डडेलधुराकी कविता भट्ट पुगेकी छन् ।
सुदूरपश्चिमको डडेलधुरा जिल्लाबाट भलिबल खेल्दै आएकी कविता अहिले राष्ट्रिय स्तरको भलिबल प्रतियोगिताको फाइनल राउन्डमा पुगेकी छन्।

उनी अहिले भोटिङ राउन्डमा रहेकी छन्। उनले भनिन अहिलेसम्म आफ्नो मेहनतले राष्ट्रिय स्तरसम्म खेल्न सकेकी छु । अब भने राष्ट्रिय स्तरमा फाइनल राउन्डमा भोटिङ राउन्ड हुने हुनाले सम्पूर्ण सुदूरपश्चिमबासी तथा नेपाली आमाबुवा दाजुभाई दिदीबहिनीहरूले जुनसुकै ठाउँबाट पनि भोट गरेर आफूलाई जिताइदिन कविताले अनुरोध गरेकी छन्।