धनगढी- पछिल्लो समय बजार्मा तयारी खाना अर्थात जङफुडको प्रयोग बढ्दै गईरहेको छ । तर धनगढीको क्याम्पस रोडमा रहेको खुला उडान नामक नास्ता पलसले भने बजारको भन्दा फरक स्वाद र फरक परिकार खुवाउन गर्दछ ।
कैलाली बहुमुखी क्याम्पसमा अध्यनरत ३ जनाले समाजसेवी आमोद किसोर दाहालको परिकल्पनामा सो नास्ता पसल सञ्चालन गरिरहेका छन । पढ्दै आफ्नो पढाइको खर्च निकाल्ने उद्धेश्यका साथ ब्यावसायको सञ्चालन गरिरहेका हुन । अहिले उक्त पसलमा किसिम किसिमका दर्जन भन्दा वढी चियाका परिकारका र बेग्लै स्वादका साथै नास्तामा बदाम साधेको भटमास चना, पपकन लगायतका स्थानिय परिकारका नास्ता पाइने गरको छ । उक्त पसलमा निःशुल्क रुपमा तौल उचाइ र शारिरिक अवस्थाको बारेमा समेत डिजिटल प्रबिधि बाट चेकजाँच गरिने गरिएको छ । अहिले पसलमा धनगढीमै नयाँ तरिकाले फोटो फ्रेमिङको समेत सेवा उप्लब्ध रहेको सञ्चालक हरुको भनाई रहेको छ । काठको फ्रेममा बिभिन्न साइजमा साथै चाविका छल्लामा समेत फोटो छाप्न सकिने खुला उडानका एक सञ्चालक भुवन मिश्रले जानकारी दिए ।
अहिले बजारको भन्दा फरक तरिकाले यो पसल सञ्चालनमा ल्याइएको र यो पसलले गर्दा आफ्नो पढाइको खर्च समेत यतै बाट ब्यावस्थापन भै रहेको सञ्चालिका अस्मिता चौधरिले बताइन । बजारमा प्याकेटका खाना बढी प्रयोग भैरहेको र त्यस्ले स्वास्थ्यमा पर्ने असरबारे ध्यान नदिदा समस्या हुने हुदा यो पसलले कुनै पनि प्याकेटका खाना नबेच्ने र स्थानिय परिकार हरुलाई महत्व दिइने सञ्चालिका महेश्वरी रेग्मीले बताईन । साथै धनगढीमा अध्यनरत बिध्यार्थीलाइ समस्या परेको समयमा बिना ब्याज पाँच हजार सम्म सापटी दिने व्यवस्था समेत गरिएकोे सञ्चालिका रेग्मीले बताइन ।
अध्य्यन गर्ने समयमै आफ्नो खुट्टामा उभिन सक्ने गरेर गरिएका यस्ता ब्यापार ब्यावसायले अरुलाई समेत प्रेरित गर्ने गर्दछ साथै यस्ता ब्यावसायलाई हामिले पनी साथ सहयोग गर्न सकेमा उनिहरुको आत्माबल बढने छ । उनीहरुको अन्य विध्यार्थीले समेत सिको गर्न सके पढाई संग संगै व्यवसायीहुने अवसर मिल्न सक्छ ।