आइतवार, बैशाख १३, २०८३

धनगढीमा श्रीमान् श्रीमतीसँगको झगडा – ब्लेडले आफ्नै नाडी काटे

धनगढी ३ चैत – धनगढीमा एक जनाले श्रीमतीसँगको विवादमा आफ्नै नाडीमा ब्लेड चलाएका छन् ।गौरीगंगा नगरपालिका–१० मसुरिया घर भएर धनगढी उपमहानगरपालिका–१ मा कोठा गरि बस्ने २३ वर्षीय रोहन परियारले श्रीमती रितुसँगको विवादमा ब्लेडले नाडी काटेका हुन् ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार परियारको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने उनको अवस्था समान्य रहेको छ ।