आइतवार, बैशाख १३, २०८३

कञ्चन बहुमुखी क्याम्पसमा सुनिल ऐरको नेतृत्वमा नेविसंघको प्यानल नै विजयी

कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थित सदुरमुकाम गुलीयामा रहेका कञ्चन बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाली विद्यार्थी संघ पूरै प्यानल सहित विजयी भएको छ । नेविसंघको तर्फबाट सभापतिमा उमेदवारी दिएका सुनिल ऐर १४४ मत प्राप्त गरी विजयी भएका छन ।

अनेरास्ववियूका राजेन्द्र खड्काले ९० मत मात्रै प्राप्त गरे । कञ्चन बहुमुखीमा अघिल्लो स्ववियू निर्वाचनमा अनेरास्ववियूले सभापतिमा बाजी मारेको थियो । त्यस्तै अखिल क्रान्तिकारीका भावना भट्टले ६६ मत पाइन । स्वतन्त्र उमेदवारी दिएका शिवशंकर बिष्टले १४ तथा अनेरास्ववियूक समाजवादीका खगेन्द्र भट्टले १३ मत प्राप्त गरे । ३९४ मतदाता रहेको उक्त क्याम्पसमा ३३४ मत खसेको थियो ।

सचिवमा धनबहादुर कुवँर १६९ मत र कोषाध्यक्षमा भावना कार्की १४७ मत प्राप्त गरी निर्वाचित भएका छन् । त्यस्तै प्रत्यक्ष तर्फ सदस्यमा पार्वती भट्ट १२२,गीता कुमारी बोहरा ११९, खेमराज भट्ट १३८ , निर्मला धामी १२० र यशोदा खड्काले १२७ मत प्राप्त गरी विजयी भएका छन् । निर्वाचन समितिका अनुसार मतगणना सकिएसँगै विजयी उम्मेदवारहरूको घोषणा गरिएको हो । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको क्याम्पस प्रशासनले जनाएको छ । त्यस्तै समानुपातिक तर्फ नेविसंघ १५५,अनेरास्ववियू ८०,अखिल ८४ र अनेरास्ववियूक समाजवादिले ११ मत प्राप्त गरेका छन ।