सनराईज टिभि न्युज
धनगढी –
सुदुरपश्चिम प्रदेशको भिमदत्तनगरपालिका –१०, सुकासाल कञ्चनपुरमा रहेको श्री महेश्वर माध्यमिक विध्यालयमा अध्ययनरत विध्यार्थीहरुको पठ्नपाठनमा अभिबृद्धी गराउनको लागि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड महेन्द्रनगर शाखाले १ थान प्रोजेक्टर सहयोग प्रदान गरेको छ ।

उक्त विद्यालयमा न्युन परिवारिक आय भएका विध्यार्थीहरु अध्ययनरत रहेको हुदा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत र्बैंकले विध्यार्थीहरुको पठ्नपाठनमा सहयोग पुगोस भन्ने उद्देश्यले विद्यालय लाई प्रोजेक्टर सहयोग गरेको महेन्द्रनगर शाखाका शाखा प्रमुख शंकर प्रसाद जोशीले बताएका छन । कार्यक््रmममा शाखा प्रमुख शंकर प्रसाद जोशीले १ थान प्रोजेक्टर श्री महेश्वर माध्यमिक विध्यालयलाई हस्तान्तरण गरेका छन् ।
विश्वकै प्रतिष्ठित अवार्ड “बैक अफ द ईयर २०२४“ को उपाधि प्राप्त गर्न सफल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९८ वटा शाखा, १६३ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७५ वटा शाखा रहित बैंकिग ईकाईहरु बाट १८ लाख ५० हजार भन्दा बढि ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ख सेवाहरु प्रदान गर्दै आईरहेको छ ।
