सोमवार, बैशाख १४, २०८३

धनगढीको प्रतिनिधित्व गरेका प्यावसन पदाधिकारीलाई शुभकामना

धनगढी– धनगढी उपमहानगरपालिकाबाट प्रतिनिधित्व गर्ने नीजि तथा आवासिय विद्यालय (प्यावसन) पदाधिकारीलाई बधाईका साथै शुभकामना विशेष कार्यक्रम गरिएको छ ।
धनगढी नगर प्यावसनको आयोजनामा बिहिबार नगर अध्यक्ष धुर्व सिंहको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय उपाध्यक्ष ललितराज पन्त प्रमुख अतिथि रहेका थिए ।

धनगढीबाट प्रतिनिधित्व गरेका पन्तसहित प्रदेश अध्यक्ष सिवी चन्द, केन्द्रिय सदस्य टोपेन्द्र शाह, प्रदेश सह–कोषाध्यक्ष विक्रम शर्मा, प्रदेश सदस्य गोपाल शर्मा, जिल्ला वरिष्ठ उपाध्यक्ष छत्रराज पण्डित, जिल्ला सदस्य डिकेन्द्र जंग कुँवर, लोकराज पन्त, जिल्ला सल्लाहकार कैलाश दाहाल, रामजी हमाल, सिताराम बुढाथोकी र दिपक सुरी रहेका छन ।

उनीहरुलाई खादा लगाएर बधाई दिइनुका साथै शुभकामना मन्तव्य व्यक्त गरिएको थियो ।
ग्लि स्कुलकी संचालक तथा नगर सभापति शान्ती भट्टले स्वागत गरेको कार्यक्रममा नगर सदस्य लोकेन्द्र विष्टले सञ्चालन गरेका थिए ।