सोमवार, बैशाख १४, २०८३

एमाले अध्यक्षका छोरा पक्राउ, घरमा खानतलासी

धनगढी –
नेकपा एमाले कन्चनपुरका अध्यक्ष लक्ष्मी बुढाको धनगढी उपमहानगरपालिका वडा नम्बर १३ गेटा स्थित घरमा प्रहरीले खानतलासी गरेको छ । अध्यक्ष बुढाका छोरालाई शनिबार दिउँसो लागू औषध सहित पक्राउ गरिए पछि प्रहरीले घरमा खानतलासी गरेको थियो ।

घरमा खानतलासीमा थप लागू औषध नभेटिएको प्रहरीले जनाएको छ । धनगढी वडा प्रहरी कार्यालयले शनिबार लक्ष्मी बुढाका छोरा रबिन्द्र र बिराट रावललाई पक्राउ गरेको थियो ।
उनिहरुको साथबाट लागू औषध बरामद भएको प्रहरीले जनाएको छ । एमाले अध्यक्ष बुढाको घरमा खानतलासी गर्न सुरुमा अवरोध भए भएको थियो ।

स्थानीय जनप्रतिनिधि, महिला प्रहरी र स्थानीयको रोहबरमा शनिबार साँझ घर तलासी भएको प्रहरीले जनाइएको छ ।

प्रहरी वाट मलाई खबर आयो र बोलाईयो धनगढी उपमहानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष विजयराज जोशीले प्रहरीले हाम्रो रहोवरमा खानतलासी गरेको बताए । खानतलासी गर्दा केही पनि नभेटिको उनले बताएका छन् ।
म पुग्न भन्दा अगाडी पनि घरवेटीले प्रहरीलाई प्रवेश गर्न नदिएको बताए ।

वडा अध्यक्ष जोशीले भने प्रहरी प्रशासनले ढिलो गरी खानतलासी गरेको बताए । मैले मिडिया लाई पनि लग्नु पर्छ भनेको थिए तर उनीहरुले लग्न दिएन्न । यस्ता किसिमको गतिविधि हुनुहुदैन् यसमा हाम्रो समाज पनि जागरुप हुन पर्छ ।

खुला सिमानाका कारण कैलाली, कञ्चनपुरका अधिकांश क्षेत्रमा लागुऔषध प्रयोगकर्ता बढी भेटिएका छन् । पछिल्लो समयमा वडाको तर्फ वाट पनि लागु औषध नियन्त्रण गर्न विभिन्न निकायसंग सरोकार गरेर कार्यक्रमहरु गरिरहेको अध्यक्ष जोशीले जानकारी दिए ।