सोमवार, बैशाख १४, २०८३

धनगढीमा यमाहा मेघा एक्सचेन्ज मेला हुँदै

धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित यमाहा स्वरुमले एक हप्ते ‘यमाहा मेघा एक्सचेन्ज’ मेला गर्ने भएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ शहिदगेटस्थित एमएडब्लु प्रा.लि रहेको भवनमा चैत १३ गतेदेखि १९ गतेसम्म सो मेला आयोजना गर्न लागिएको हो ।

पुराना मोटरसाईकल चालकले सो मेलाबाट नयाँ मोटरसाईकल लग्न सक्ने व्यवस्था गरिने आयोजकले जनाएको छ । ‘यमाहा मेलामा पुराना मोटरसाईकल साट्न मिल्नुका साथै ब्राण्डेड सामानहरु छुटसहित पाउन सकिने छ’ यमाहा धनगढीका इन्चार्ज इश्वर चौधरीले भने ‘नयाँ मोटरसाईकल खरिदकर्ताले छ हजार छुटसहित सजिलै विमा गरिने छ ।’ उनले पुराना मोटरसाईकल साटन चाहने व्यक्तिलाई कम्पनिले १० हजार मुल्य अभिवृद्धि गरि नयाँ मोटरसाइकल दिने बताए ।

उनले सो रुममा आएर अहिले नयाँ यामाहा र एम्ब्रान्स शैलीमा अपग्रेड गरि बजारमा ल्याइएका दुई वटा मोटरसाईकलबारे पनि जानकारी लिन सकिने बताए ।