डोटी – डोटीमा शिकार खेल्न गएका व्यक्तिको भरुवा बन्दुक पड्किदा एक जनाको मृत्यु भएको छ ।
बडिकेदार गाउँपालिका वडा नम्बर– २ बर्छैन बस्ने तपन सार्कीका छोरा २४ वर्षीया नरेश सार्कीको बन्दुकको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
बिहीबार राति बर्छैन जंगलको डाँडामा शिकार खेल्न गएका बडिकेदार गाउँपालिका– १ रजेडा बस्ने कमल सिं खड्काले बोकेको भरुवा बन्दुकको बट रुखमा ठोक्किएर बन्दुक पड्किदा सार्कीको मृत्यु भएको बताइएको छ । घटना बडिकेदार गाउँपालिका– १ बेडुपाटा खोलाको किनारमा भएको प्रहरी श्रोतले जनाएको छ ।
घटनाको थप अनुसन्धानका लागि भरुवा बन्दुक सहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शिकारी वर्ष ४८ का कमल सिंह खड्का, वर्ष २६ का खेम खड्का, वर्ष ५२ का तारा सिंह खड्का, बर्छैन बस्ने वर्ष ३९ का तेजेन्द्र भाट, वर्ष ४० का अमर शाह, वर्ष ३१ का चक्र भाट, वर्ष १८ का सुनिल बम, वर्ष ३७ का गणेश बहादुर घर्ती मगर, वर्ष ७१ का मान बहादुर शाह र वर्ष २६ का जुलेश नामजाली मगरलाई प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ।