धनगढी –
धनगढीमा हस्पिटालिटी मेनेजमेन्ट तालिम आयोजना गरिएको छ । होटल व्यवसायी संघ कैलालीको आयोजना र उधोग पर्यटन वन तथा वातावरण मन्त्रालय, सुदूरपश्चिम प्रदेशको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि पर्यटन विकास कार्यालयका इकाइ प्रमुख डबल बहादुर बोहराले कार्यक्रमले यस क्षेत्रका होटल व्यवसायमा काम गरिरहेका कामदारको क्षेमता वृद्धि गर्नुका साथै आगमी दिनमा कार्यक्षेत्रमा सहजता हुने बताए ।

कार्यक्रमका सभापति केशव दत्त पाण्डेयले हामीले संयुक्त रुपमा सवै जिल्लाकालाई समेटेर चालिस जानाका सहभागितामा कार्यक्रम गरिएको बताए । अवको दिनमा नौ वटै जिल्लाको प्रतिनिधि हुने गरि एक महिने तालिम आयोजना गरिनु पर्ने बताए । प्रशिक्षार्थी साथीहरु राम्रो संग तालिम लिन उनले अनुरोध गरे । यस पछि सात वाट पहाडी जिल्लाको प्रतिनिधित्व हुने गरि डडेलधुरामा कार्यक्रम आयोजना गरिने उनले बताए ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका प्रमुख मोहन सिंह बस्नेत, खाद्य तथा गुण नियन्त्रण कार्यालयका अधिकृत सुमन लामिछाने, श्रम कार्यालयका प्रमुख जनक सिंह उखेडा, पर्यटन विकास कार्यालयका ईकाइ अधिकृत दान बहादुर थापा, होटल व्यवसाय महासंघ नेपाल पर्यटन सचिव कलम बहादुर बम, कैलाली उधोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, पत्रकार लगायतको उपस्थिती रहेको थियो । तालिम कार्यक्रम पाँच गते सम्म सञ्चालन हुने छ ।