शनिबार, बैशाख १९, २०८३

कञ्चनपुरमा निर्माणाधीन कल्भर्टमुनि एक जना पुरुष मृत भेटिए

 

कञ्चनपुर । कञ्चनपुरमा एकजना पुरुष मृत फेला परेका छन् ।

शुक्रबार दिउँसो बेदकोट नगरपालिका(३ स्थित पुरानो सडकमा निर्माणाधीन कल्भर्टमुनि ४२ वर्षीय पुरुष मृत फेला परेका हुन् ।

मृत फेला परेका ती पुरुषको नाम, थर र वतन खुल्न नसकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।