बिहिबार, भदौ ४, २०८३

गणतन्त्र दिवसको अवसरमा राजपुर स्पोर्ट्स क्लबद्वारा खुला नाइट पेनाल्टी सुटआउट प्रतियोगिता आयोजना

 

धनगढी – गणतन्त्र दिवसको अवसरमा राजपुर स्पोर्ट्स क्लबले खेलकुदमार्फत लागूऔषध मुक्त समाज निर्माण गरौं – तपाईंको साथमा। भन्ने नारासहित एक भव्य खुला नाइट पेनाल्टी सुटआउट प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता २०८२ साल जेठ १५ गते, साँझ ६स्०० बजे, जनता विद्यालयको खेलमैदान, कैलाली गाउँमा सुरु हुनेछ। टिम दर्ता शुल्क रु ३,५०० मात्र तोकिएको छ। विजेता टिमले रु ५१,००० नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले रु २५,००० पुरस्कार हात पार्नेछ।

राजपुर स्पोर्ट्स क्लबका अध्यक्ष दिपक कप्डेलले यस्तो प्रकारका प्रतियोगिताहरूले युवाहरूमा खेलप्रति दृढ प्रतिबद्धता विकास गर्नुका साथै उनीहरूलाई नराम्रा लत तथा दुर्व्यसनहरूबाट टाढा राख्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। कार्यक्रम व्यवस्थापन समितिका संयोजक शंकर गिरी र निराजन बिष्टका अनुसार प्रतियोगिताका लागि आवश्यक तयारीहरू लगभग पूरा भइसकेका छन् र हालसम्म १५ टिमले आफ्नो दर्ता प्रक्रिया सम्पन्न गरिसकेका छन्।