मङ्लबार, जेष्ठ ५, २०८३

धनगढी उपमहानगरको २ अर्ब ५६ करोड चार लाखको बजेट पारित

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको छ।

धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा २ अर्ब १८ करोड ४२ लाख ३२ हजार २ सय २० रुपैयाँ बजेट कार्यान्वयन गर्दैछ। उपमहानगरको चालु आर्थिक वर्षमा जेठ मसान्तसम्म एक अर्ब ८१ करोड पाँच लाख ८४ हजार सात सय २२ रुपैयाँ खर्च गरेको छ।