बुधबार, जेष्ठ २०, २०८३

धनगढी कैलाश टोलमा एक महिने सिलाईकटाई तालिम सम्पन्न

धनगढी –
धनगढी उपमहानगरपालिका वडा नं. ५ मा कैलाश टोल विकास संस्थाको आयोजनामा महिलाहरुका लागि सिप तथा व्यवसायिक विकास कार्यक्रम अन्तर्गत एक महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा तालिम भएको हो । जेठ १० गते देखि सुरु भएको तालिम असार १० गते सम्म सञ्चालन गरिएको थियो ।

टोल विकास संस्थाका अध्यक्ष कृष्णराज भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि धनगढी उपमहानगरपालिका वडा नं ५ का कार्यवाहक अध्यक्ष दत्तुराम पाण्डेय रहेका थिए भने विशष्ट अतिथि कार्यपालिका सदस्य यसोदा भण्डारी, माया ताम्राकार रहेका थिए । त्यसैगरि वडा सचिव भमरा कुमारी क्षेडाल, सामाजिक परिचालिका सम्झना भण्डारी अतिथि रहेका थिए । कार्यक्रममा टोल विकास संस्थाका सल्लाहकार, पदाधिकारी एवं टोलवासीको उल्लेखनीय सहभागीता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सल्लाहकार देवराज पाण्डेयले गरेका थिय भने कार्यक्रम सञ्चालन कोषाध्यक्ष युवराज जोशीले गरेका हुन । एक महिना सम्म सञ्चालन रहेको तालिममा पन्ध्र जना महिलाले सिप सिकेका हुन ।