मङ्लबार, जेष्ठ १९, २०८३

धनगढी १३ को किङ्गफिसर स्कुल लगातार ल्याउँदै १०० प्रतिशत नतिजा

धनगढी, १४ असार / धनगढी उपमहानगरपालिका १३ मा रहेको किङ्गफिसर इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा सतप्रतिशत नतिजा ल्याइएको छ । २७ जना विद्यार्थी सहभागी गराएर सबै विद्यार्थी उत्कृष्ट नतिजा सहित सफल भएका स्कुलका प्रिन्सिपल विमल भण्डारीले बताए ।

परीक्षामा सहभागी भएका २७ जना विद्यार्थी मध्ये ८ जनाले ए प्लस, ११ जनाले ए र ८ जनाले बी प्लस ग्रेड प्राप्त गरेको किङ्गफिसर स्कुलका प्रिन्सिपल भण्डारीले बताए।

विगत देखि नै उत्कृष्ट नतिजा ल्याएको स्कुलले यस वर्ष पनि उत्कृष्ट नतिजालाई निरन्तरता दिएको स्कुलका संस्थापक अध्यक्ष पुस्कर राज पन्तले बताए ।

वि.सं. २०७५ को एसईइमा सबै विद्यार्थी उत्तीर्ण गर्न सफल विद्यालय ७६ मा सुदूरपश्चिम दोस्रो,२०७८/०७९मा पनि उत्कृष्ट नतिजा ल्याएको थियो।

२०८० मा एन प्याब्सन कैलाली टप गरेको किङ्गफिसरले यस बर्ष पनि उत्कृष्ट नतिजालाई निरन्तरता दिएको संस्थापक अध्यक्ष पन्तले जानकारी दिए।