आइतवार, जेष्ठ १७, २०८३

प्रदेश स्तरीय यु-१९ महिला टि२० प्रतियोगीता : कञ्चनपुर र कैलाली सेमिफाइनलमा प्रवेश,आज देखि समूह बी का खेलहरु हुने

असार १४,धनगढी: धनगढीको फाप्लामा जारी सुदूरपश्चिम प्रदेश स्तरीय यु१९ महिला टि-२० प्रतियोगीतामा समूह ए बाट कैलाली र कञ्चनपुर सेमिफाइनलमा प्रवेश गरेका छन । तिन खेलमा शत प्रतिशत जीत निकाल्दै कञ्चनपुर समूह विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको हो भने कैलाली तीन खेलमा दुइमा जीत र एकमा हार व्यहोर्दै समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगीतामा बझाङ्गले २ खेलमा हार र एकमा जीत निकाल्यो भने अछाम भने जितविहिन हुँदै घर फर्कियो ।


शनिबार सम्पन्न पहिलो खेलमा कैलालीले बझाङ्गलाई ६ विकेटले पराजित गरेको छ । बझाङ्गले दिएको ११७ रनको लक्ष्य कैलालीले १६.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । कैलालीको जितमा कप्तान स्नेहा महराले २६ रनको अविजित पारी खेलिन ।