बुधबार, जेष्ठ १३, २०८३

बैतडी पाटनका स्थानीयले विरोध गर्दै बसपार्कमा हलगोरु जोतेर मनाए धान दिवस

बैतडी – बैतडीको पाटन नगरपालिका ०६ स्थित पाटन बशपार्क मा स्थानियहरुले धान दिवशको अवसरमा रोपाई खेलि दिएका छन। विगत १० बर्ष देखि ठप्प रहेको बशपार्कमा पाटन नगरपालिकाका स्थानिय बासिन्दाहरुले हलगोरु जोतेर रोपाई गरिदिएका हुन।

यस्तै खेतीयोग्य जमिनलाई आफूहरुले बशपार्कको लागी छोडे पनि काम नभए पछि र स्थानिय सरकारले केहि सुनुवाइ नगरे पछि आज स्थानियबासी मिलेर धान दिवश को अवसरमा रोपाई खेलेर हिल्याम्म बनाएको खबरथली पाटन सहकर्मी मनमोहन बिष्टले बताउनु भयो।

पाटन सहर देशकै १० नम्बर भित्र पर्ने भएकाले स्थानिय सरकारले यस्ता कामहरुमा बढि ध्यान दिन जरुरी छ।

यसै बिच असार १५ राष्ट्रिय धान दिवसका दिन स्थानीयले हलगोरू लगेर बसपार्कमा रोपाँई गरी धान रोपेका हुन् । बिगत दश बर्ष सम्म पनि बसपार्कको निर्माण कार्यले पूर्णता नपाएपछि स्थानीयहरुले सम्बन्धि निकायको ध्यानाकर्षण गराउन धान रोपेर विरोध गरिएको हो।

पटक पटक सरकारलाई बसपार्क निर्माण सम्पन्न गर्नका लागि आग्रह गर्दासमेत नसुनेपछि फेरि शान्तिपूर्ण रुपले बिरोध गरेर दबाव दिन रोपाँई गरिएको पाटन बजार व्यवस्थापन समिति अध्यक्ष खेमराज भट्टले बताए । आर्थिक वर्ष २०७१-७२मा निर्माण सुरु गरिएको बसपार्क अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन।

पाटनमा आठवटा बस र चारवटा जीप एकैपटक पार्किङ गर्नसक्ने क्षमताको बसपार्क निर्माणको काम अलपत्र पर्दा समस्या भइरहेको राष्ट्रीय स्वतन्त्र पार्टी जिल्ला उपसभापति हेमन्त ऐरले बताए।

बससपार्क निर्माण सम्पन्न नहुँदा सवारीसाधन बजारमै पार्किङ हुन्छन । पाटन नयाँ सहर आयोजनाअन्तर्गत बसपार्क निर्माण भइरहेको भए पनि निर्माण सुरु भएको दश वर्ष बितिसक्दासमेत निर्माणको काम सम्पन्न हुन सकेको छैन ।

बसपार्क समयमै नबन्दा समस्या भएको भन्दै व्यापारी र स्थानीय नागरिकहरुले अविलम्ब काम अगाडि बढाएर निर्माण सम्पन्न हुनु पर्ने माग राखेका छन् ।

यो बसपार्क बैतडीबाट निर्वाचित नेपाल सरकारका उद्योग मन्त्री दामोदर भण्डारीको गृह पालिकामा पर्छ ।