धनगढी: अछामको सदरमुकाम मंगलसेनको बीच बजारको सडकमा धान रोपिएको छ।
सडक हिलाम्य भएपछि स्थानीयले रोपाइँ गरेर विरोध गरेका हुन्।
मंगलसेन बजारदेखि क्याम्पससम्मको सडक निर्माण भइरहेको र निर्माणको समयमा सडकमा हिलो हुनु स्वाभाविक भएको मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बोहराले बताएका छन्। सडक निर्माणको काम जारी रहेकाले विरोधले नगरपालिकालाई केही फरक नपर्ने उनले बताए। केही स्थानीयले सडकका लागि एक इन्च जग्गा नदिने अडान राखेपछि सडक विस्तार गर्न नसकेको समेत उनले बताए। दुई पटक नगर प्रमुख भएका बोहराले पटक-पटक स्थानीयको असहयोगका कारण अप्ठ्यारो अवस्था सिर्जना भएको बताए।
सडकको स्तरोन्नतिका लागि ६६ लाखमा ठेक्का सम्झौता गरिएको छ। तर, रकम अपुग भएको भन्दै निर्माण व्यवसायीले काम गर्न सकेको छैन।