धनगढी- टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले जी.ए.आर.एस ट्रेडिंग कन्सर्नलाई नयाँ आधिकारिक डिलर चयन गरी धनगढी-बोराडाँडीमा नयाँ शोरूम उद्घाटन गरेको छ।मंगलबार आयोजित उद्घाटन समारोहमा सिप्रदी ट्रेडिङ प्रा. लि.का सिनियर डिलर म्यानेजर मेघ राज ढुंगेल र जी.ए.आर.एस ट्रेडिंग कन्सर्नका प्रबन्ध निर्देशक अशोक पाण्डेले संयुक्त रूपमा शोरूम समुद्घाटन गरेका थिए। कार्यक्रममा स्थानीय समुदाय, व्यवसायीक प्रतिनिधि र ग्राहकहरूको उल्लेखनीय उपस्थिति थियो।
नयाँ शोरूममार्फत अब सुदूरपश्चिम क्षेत्रभरका ग्राहकहरूले टाटा मोटर्सका विद्युतीय मोडलहरू- टियागो ईभी, पञ्च ईभी, नेक्सन के३ ईभी र कर्भ ईभी सजिलै खरिद गर्न सक्नेछन्। त्यस्तै, आईसीई मोडलहरू अन्तर्गत टियागो, पञ्च, नेक्सन र सफारी पनि उपलब्ध हुनेछन्।
सिप्रदी ट्रेडिङ प्रा.लि.ले ग्राहकलाई गाडी बिक्री मात्र नभई आकर्षक फाइनान्स सुविधा, सहज बीमा योजना, गुणस्तरीय सर्भिसिङ, भरपर्दो आफ्टर-सेल्स सेवा र ब्याट्री डायग्नोस्टिक रेस्टोरेसन सुविधा पनि उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
उद्घाटन समारोहमा जी.ए.आर.एस ट्रेडिंग कन्सर्नका प्रबन्ध निर्देशक अशोक पाण्डेले भने, ‘यो शोरूममार्फत हामी सुदूरपश्चिमका ग्राहकलाई टाटा मोटर्सका नवीनतम मोडलहरू नजिकबाट अनुभव गर्ने अवसर दिन पाउँदा गर्व महसुस गरेका छौं।’
सिनियर डिलर म्यानेजर मेघ राज ढुंगेलले पनि भने, ‘धनगढी शोरूमको उद्घाटनले टाटा मोटर्सको सेवा सुदूरपश्चिमसम्म विस्तार भएको छ। हामी ग्राहकलाई अझ नजिकबाट सेवा दिन उत्सा हित छौं।’