आइतवार, जेष्ठ १७, २०८३

मानव वेचविखन विरुद्ध राष्ट्रिय प्रतिवेदनको परामर्श कार्यक्रम धनगढीमा

धनगढी, १८ भदौ / मानव वेचविखन विरुद्ध राष्ट्रिय प्रतिवेदन तयारी सम्बन्धी परामर्श कार्यक्रम धनगढीमा गरिएको छ । वर्तमान मानव वेचविखनको अवस्था र अब रोक्नको लागि अपनाउनु पर्ने संयन्त्रबारे राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा सरोकारवाला निकायको उपस्थितिमा परार्मश कार्यक्रम गरिएको हो ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा.लीली थापाको अध्यक्षतामा कार्यक्रम गरिएको छ । कार्यक्रमका प्रमुख अतिथिमा सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिहं सार्की , बिशिष्ट अतिथिमा जिल्ला समन्वय समिति कैलालीका प्रमुख टीका कुमारी चौधरी (भूल) , अतिथिमा राष्ट्रिय मानव अधिकार आयोगका सुदूरपश्मि प्रदेशका प्रमुख प्रकाश दत्त भट्ट, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक डम्बर ब. वि.क.लगायत अन्य सरोकारवाला निकायका प्रतिनिधिको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कानुन मन्त्री सार्कीले भने, मानव वेचविखन रोक्न चोर बाटोहरु पहिल्यानु पर्ने बताए । हाम्रो सुरक्षा ब्यवस्था भन्दा मानव तस्कर दुई कदम अगाडि भएकाले अब हाम्रो सुरक्षा संयन्त्रहरुले गति बढाउनु पर्नेमा जोड दिए ।

यस्तै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. लीली थापाले पनि मानव वेचविखन गर्नेहरुले आयाम परिवर्तन गरेकाले हामीहरु पनि थप सशक्त हुनु् पर्ने बताइन् । सामाजिक सञ्जालको गलत प्रयोगले पनि मानव वेचविखन अझ बढेकाले सबै सरोकार निकायहरुले लाग्नु पर्नेमा जोड दिइन् ।
राष्ट्रिय मानव अधिकार आयोगले तयार गरेको प्रतिवेदनले मानव वेचविखनको वर्तमान अवस्था र रोकथामका भावी योजनाहरु समेत तय गर्ने छ ।