दार्चुलाः अपि नाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् गठन हुन नसक्दा यहाँको पञ्चवर्षीय कार्ययोजना लामो समयदेखि स्वीकृत हुन सकेको छैन। कार्ययोजना अभावले संरक्षण क्षेत्रमा आवश्यक कार्यक्रम अघि बढ्न नसकेको अपि नाम्पा संरक्षण कार्यालय दार्चुलाका वरिष्ठ संरक्षण अधिकृत (वार्डेन) विनयकुमार झाले जानकारी दिए।
सन् २०१० ९वि।सं। २०६७० मा स्थापना गरिएको अपि नाम्पा संरक्षण क्षेत्रमा २०७२ सालमा परिषद् गठन गरी पहिलोपटक पाँचवर्षीय कार्ययोजना लागू गरिएको थियो। तर सो योजनाको म्याद २०७७ साउनमा सकिएपछि नयाँ योजना अनुमोदन हुन सकेको छैन।