अत्तरिया: दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयले नयाँ व्यवस्थापन समिति पाएको छ। बिहीबार बसेको भेलाले सर्वसम्मत रूपमा हरिदत्त भट्टराईलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको हो।
नयाँ समितिमा वडाध्यक्ष महरा पदेन सदस्यका रूपमा रहेका छन् भने प्रधानाध्यापक ललन प्रसाद चौबे सदस्य–सचिव भएका छन्।