आइतवार, जेष्ठ १७, २०८३

धनगढीका दुई युवाले सरसफाइमा खटिएका युवालाई खुवाए खाना

धनगढीः धनगढीका दुई युवाले सरसफाइमा खटिएका युवाहरूलाई खाना खुवाएका छन्।

जेन्जी आन्दोलनमा भएको तोडफोड र आगजनीपछि आइतवार सरसफाइमा खटिएका १२० जना युवालाई खाना खुवाइएको हो।

उनीहरूले धनगढी-१३ मा रहेको दृष्टि फाउन्डेसनमा आश्रितहरूलाई खाना खुवाएका हुन्। मानवीय कार्यमा सहयोग पुगाउन आफ्नै खर्चमा खाना खुवाइएको दिपेश बोहराले बताए।