सोमवार, जेष्ठ १८, २०८३

धनगढीमा वित्तिय साक्षरता सम्बन्धी अभिमुखिकरण कार्यक्रम

धनगढीमा वित्तिय साक्षरता सम्बन्धी अभिमुखिकरण कार्यक्रम
धनगढी– कैलालीको धनगढीमा वित्तिय साक्षरतामा बिमा सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
मेट लाईफ इन्स्युरेन्सको र जनचेतना तथा युवा मञ्च (फाया) नेपालको संयुक्त आयोजनामा सरोकारवालाहरुसंग सामाजिक उत्तरदायित्वअन्र्तगत अभिमुखिकरण गरिएको हो ।
बिमाको महत्व, बिमाको फाइदा, बिमामा सहभागि हुने प्रक्रिया लगायतका बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा मेट लाईफ इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेशका प्रमुख केशब भुर्तेलले सहजिकरण गरेका थिए ।
कार्यक्रमको सञ्चालन फाया नेपालका कार्यकारी निर्देशक शेरबहादुर बस्नेतले गरेका थिए । कार्यक्रममा क्याम्पसमा अध्यापन गर्दै आइरहेका विद्यार्थी, विभिन्न संघ संगठनका पदाधिकारी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।